रोग निको पारिदिन्छु भन्दै दुई जना महिलालाई बला त्कार गरेको आरोपमा पुजारी पक्राउ


सिन्धुली । दुई जना महिलालाई बला त्कार गरेको आरोपमा सिन्धुलीमा पुजारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको हरिहरपुर गाउँपालिका ८ जलेश्वर महादेवस्थान मन्दिरका पुजारी एवं वडा सदस्य ३७ वर्षीया जंगबहादुर माझी रहेका छन् ।

उनले रोक निको पारिदिने भन्दै दुई महिलालाई बला त्कार गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।

बला त्कृत हुनेमा २५ र ३८ वर्षका दुई जना महिला रहेका छन् । उनीहरु आफूलाई बला त्कार गरेको भन्दै न्याय खोज्दै सदरमुकाम आएपछि घटना सार्वजनिक भएको हो ।

साउनको अन्तिम आइतबार मन्दिर गएका उनीहरुलाई पुजारीले कोरोनाको जोखिम हुनेभएकाले एक एक गर आउन भन्दै गुफाभित्र लगेर बेहोस बनाई बला त्कार गरेको पिडितले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार