काठमाडौं उपत्यकामा ६ हजार आइसोलेशन बनाउन समिति गठन


काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै आइसोलेशनको अभाव हुन थालेको छ । दिन प्रतिदिन संक्रमितको संख्या तीनवटै जिल्लामा बढ्न थालेपछि उनीहरुलाई राख्न आइसोलेशन अभाव भएको हो ।

संक्रमितको संख्या बढेसँगै सरकारले उपत्यकामा तत्काल ६ हजार आइसोलेशन बेड तयार गर्न समिति गठन गरेको छ । सरकारले गृहसचिव संयोजक र गृह सहसचिव सदस्यसचिव रहने गरी एकीकृत क्वारेन्टिन व्यवस्थापन समिति गठन गरेको हो ।

यसरी गठन गरिएको समितिमा स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारी, संघीय मामिला मन्त्रालयका सह–सचिव, भवन विभागमा महानिर्देशक, उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका उपत्यका हेर्ने पदाधिकारीहरु, क्वारेन्टिन रहने स्थानका जनप्रतिनिधिहरु लगायत सदस्य रहनेछन् ।

समितिले काठमाडौं उपत्यकामा क्वारेन्टि निमार्णका लागि ठाउँ खोज्ने र तत्काल ६ हजार क्वारेन्टिन बनाउने जिम्मेवारी दिइएको छ । यसका साथै उपत्यकाका सबै किसिमका अस्पतालमा आइसोलेशन निमार्ण गर्ने जिम्मेवारी पनि दिइएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार