
भारत । पछिल्लो समय को रोना सं क्रमितको संख्यामा उकालो लागेको भारतमा कोरोना सं क्रमितको संख्या तीस लाख नजिक छ । पछिल्लो २४ घण्टामा ६९ हजार ८ सय ७८ जनामा सं क्रमण देखिएसँगै सं क्रमितको संख्या तीस लाख नजिक पुगेको हो ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा २९ लाख ७५ हजार ७ सय २ जनामा कोरोना सं क्रमण पुष्टि भएको छ । त्यसमध्ये २२ लाख २२ हजार ५ सय ७८ जना सं क्रमणमुक्त भएका छन् भने ५५ हजार ७ सय ९४ जनाको मृ त्यु भइसकेको छ ।












