
कैलाली । आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
थारू समुदायले अट्वारीलाई दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाउछन् ।
थारु समुदायले विवाहीत छोरीलाई मिठो परिकार दिएर पर्व मनाइरहेका छन् ।












