टोखा नगरपालिकाको अर्को लोकप्रिय निर्णय, को रोनाको अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता


काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले कोरोना महामारीका बेला अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको लागि लोकप्रिय निर्णय गरेको छ । महामारीका बेला धेरै ठाउँमा स्वास्थ्यकर्मीको विरोध भइरहेका बेला टोखा नगरपालिकाले भने यो बेला अग्रपंतिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको हो ।

आइतबार बसेको नगरपालिकाको ६१ औँ नगर कार्यपालिकाको बैठकले को रोना नियन्त्रणमा प्रत्यक्ष खटिने मेडिकल अधिकृतसहितको टोली र स्वाब सङ्कलनमा खटिने प्रयोगशालाकर्मीलाई खाइपाई आएको तलब स्केलमा आइसोलेसन सेन्टर सञ्चालन भएको मितिदेखि भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

यसअघि सोही नगरपालिकाले को रोना सं क्रमणपछि घरमै आइसोलेसनमा बसेका व्यक्तिलाई प्रतिदिन ३ सय ५० रुपैंया दिने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार