
काठमाडौं । उपत्यकामा कोरोना संक्रमण फैलिएपछि भदौ १५ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबे सेवा बन्द गर्ने निर्णय गरिएको छ ।
सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले संक्रमण फैलिएकाले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्म सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
उपत्याकामा थप संक्रमण नफैलियो भन्नका लागि भदौ १५ गतेसम्म अत्याआवश्यकवाहेक सबे सेवा बन्द गर्ने निर्णय भएको फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य जानकारी दिए ।
पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।स्थानियहरुको लापरवाहीका कारण संक्रमण फैलिरहेको स्वास्थ्य मन्त्रालय र स्वास्थ्यकर्मीहरुले बताइरहेका छन् ।










