
काठमाडौं । २४ घण्टामा देशभर थप ८ जनाको को रोना सं क्रमणबाट मृत्यु भएको छ । योसँगै मृ त्यु हुनेको संख्या १ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृ त्यु हुनेमा सुनसरीका ६८ वर्षीया पुरुष, मोरङका ६५ वर्षीया पुरुष, पर्साका ७० वर्षीया महिला, काठमाडौंका ४८ वर्षीया महिला, रुपन्देहीका ६७ वर्षीया महिला र रुपन्देहीकै ३८, ५३, ५४ वर्षीया पुरुष रहेका छन् ।












