
काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । देशभरका विभिन्न अस्पतालमा उपचाररत ११ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोरङका ४६ बर्षीया र भक्तपुरका ५३ बर्षीया महिला, कैलालीका ४५ र ५० वर्षीया पुरुष, महोत्तरीका ६०, ७२ र ७७ वर्षीया पुरुष, बाँकेका ३७ वर्षीया, काठमाडौंका ५१ वर्षीया र बाराका ४१ र ४६ वर्षीया पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जानकारी दिएको छ ।










