
काठमाडौं । टिकटक एपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) केभिन मयेरले राजीनामा दिएका छन् । पछिल्ला साताहरूमा देखिएको तीव्र राजनीतिक परिवर्तनका कारण उनले राजीनामा दिएको बताएका छन् ।
चिनियाँ स्वामित्वमा रहेको एपमा उनले कार्यकारी अधिकृतको रुपमा काम गर्न थालेको तीन महिना पुगेको छ । मयेर डिज्नी छोडेर गत जुन १ देखि टिकटकको सिइओ बनेका थिए।
पछिल्लो समय संसारभर युवा पुस्तामा टिकटक लोकप्रिय भएको छ।
अमेरिका पनि यसको लोकप्रियता बढ्दो छ। लोकप्रियता बढेसँगै टिकटक अमेरिका र चीनबीचको राजनीतिक मुद्दा बनेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छ।













