
कठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुर्ननियुक्ती नभएको बताएका छन्।
बिहीबार सरकारका निर्णय सार्वजनिक गर्दै प्रवक्ता खतिवडाले घिसिङको दोस्रो कार्यकाल थप्ने बिषयमा सरकारले कुनै निर्णय नगरेको प्रष्ट पारेका हुन ।
“सामाजिक सञ्जालले उहाँलाई नियुक्त दिएको होला, सरकारले दिएको छैन । औपचारीक रुपमा उहाँबारे कुनै प्रस्ताप आएको छैन,् सरकारको त्यस्तो तयारी पनि केही छैन,” उनले बताए ।
सामाजिकसंजालहरुमा कुलमानलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनुपर्ने भन्दै व्यापक आवाज उठिरहेका बेला सरकारका प्रवक्ताले यस्तो बताएका हुन् ।
देशलाई १८ घण्टा लोडसेडिङबाट मुक्त गरी उज्यालो नेपाल बनाएको भन्दै देशैभरी कुलमानको निरन्तरताको लागि चर्को आवाज उठिरहेको छ । कुलमानको कार्यकाल यहि भदौं २९ गते सकिदैछ ।










