अछाम पहिरो पीडितलाई पनि पल शाहको टिमद्धारा राहात सहयोग


अछाम । अछामको रामारोसन गाउँपालिका-५ मा गएको बाढि पहिरोमा परी ज्यान गुमाएका परिवारहरुलाई नगदसहित राहात वितरण गरिएको छ । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको संयोजनमा बिहीबार पीडित परिवारलाई नगदसहित राहात वितरण गरिएको हो ।

बाढि पहिरोमा परी मृत्यु भएका १७ जनाको परिवारलाई ९ हजार र पहिरोले घर बगाएका ४ परिवारलाई रु ३ हजारका दरले जम्मा एक लाख ६५ हजार नगद राहात हस्तान्तरण गरिएको हाम्रो टिम नेपाल सचिव एल एस धामीले अनमोलपोस्टलाई जानकारी दिए ।

हाम्रो टिमका अभियन्ताहरु उमेश बोहोरा, अनिल बानियाँ र सामाजिक अभियन्ता जनक सुनार लगायतका युवाहरुले पीडित परिवारलाई भेटेर राहात हस्तान्तरण गरेका हुन् ।

हाम्रो टिम नेपाललाई प्रवासमा रहेर नेपालका दुखी पीडितहरुको सहयोगमा सकृय सामाजिक अभियन्ताहरु ईशा गुरुङ, खुशी राई, लिला राई, विनि गुरुङका साथै पल शाह प्रतिष्ठानको संयुक्त आर्थिक सहयोगमा पीडित परिवारलाई राहात सहयोग हस्तान्तरण गरिएको सचिव धामीले बताए ।

हाम्रो टिम नेपाल र मोडल तथा नायक पल शाहको टिमले केहि दिन अघि कालिकोटको नरहरीनाथ गाउँपालिकामा गएको बाढि पहिरोका प्रभावित परिवारहरुलाई पनि राहात हस्तान्तरण गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार