सर्पको टोकाईबाट अर्घाखाँचीमा एक जनाको मृत्यु


अर्घाखाँची । अर्घाखाँचीमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शितगगांमा नगरपालिका ५ जुकेनाका ३५ वर्षीय यम बहादुर बेल्बासे रहेका छन् ।

शनिबार राति सर्पले टोकेपछि उनको उपचार नपाई आइतबार बिहान मृत्यु भएको बताइएको छ । उनलाई आइतबार बिहान सर्पदंश उपचार केन्द्र गोरुसिंगेले प्रादेशिक अस्पताल बुटबल रिफर गरेको थियो। उनलाई उपचारका लागि बुटबल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार