जरिवाना तिर्न नसक्दा आज नेपाल फर्कन लागेका नेपालीहरु दुबई एयरपोर्टमै रोकिए


काठमाडौं । जरिवाना रकम तिर्न नसक्दा नेपाल फर्किन लागेका १७ नेपाली दुबई एयरपोर्टमै अड्किएका छन्। भिसा समय अवधि सकिएका नेपालीहरुले अध्यागमनमा जरिवाना शुल्क तिर्न नसक्दा एयरपोर्टमै अड्किएका हुन्।

सोमबार नेपाल एअरलाइन्सको चार्टर्ड उडान (आरए -२२९२) मार्फत नेपाल फर्कन टिकट काटिसकेका मध्ये १७ जनाले भने भिसाको अवधि सकिँदा तिर्नुपर्ने जरिवाना शुल्क तिर्न नसक्दा नेपाल फर्कन नपाएको बताएका छन् ।

आज नेपाल एअरलाइन्समार्फत स्वदेश फर्कने अधिकांश नेपाली यात्रुहरुले जरिवाना तिरेका छन् । नेपाल एयरलाइन्स युएईस्थित कन्ट्री म्यानेजर टिकाराम पंगेनीले जरिवाना बापतको रकम धेरै भएकोले १७ जनालाई भने पठाउन नसकिएको पुष्टि गरे ।

युएईले मार्च १ भन्दा अघि भिसाको अवधि सकिएकालाई जरिवाना नलिने भनेपनि त्यसपछिका महिनाको लिने जरिवाना रकम बढी भएपछि तिर्न नसक्दा उनीहरु घर फर्केनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार