कपिलवस्तुमा पानीको विषयमा विवाद हुँदा ५ जना घाइते


कपिलवस्तु । कपिलवस्तुमा खेतमा पानी लगाउने विषयमा भएको विवाद झडपमा परिणत भएपछि ५ जना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको महाराजगञ्ज नगरपालिका ४ का ५० वर्षीय मोहमद हुसेन, २८ वर्षीय अल्ताप हुसेन, ७५ वर्षीय सलिम गद्दी, ४५ वर्षीय जुमन मिया र ४० वर्षीया जाहेदा मिया रहेका छन् ।

महाराजगञ्जमा आफ्नो खेतमा पानी लगाउने पालोका विषयमा कुरो नमिलेपछि झगडा हुँदा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार