
काठमाडौँ । पछिल्लो २४ घन्टामा कोरोना निको भई ७ सय ६८ जना घर फर्किएका छन् । कोरोना संक्रमणपछि देशका विभिन्न अस्पतालमा उपचाररत ७ सय ६८ जना कोरोना निको भएपछि घर फर्किएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो केही समयदेखि थोरै संख्यामा कोरोना संक्रमित निको भइरहेका थिए । तर मंगलबार भने यो संख्या बढेको छ ।










