
डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा २१ जना नेपाली सेनाका सैनिक कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो ।
उनीहरु सबै जना जिल्लाको दिपायल सिलगढी नगरपालिका ४ सुल्लेकमा रहेको नेपाली सेनाको गरुबक्स गणमा कार्यरत सैनिक रहेका छन् ।
त्यसैगरी दिपालय सिलगढी नगरपालिका ६ मा दुई जना र केआईसिंह गाउँपालिका ४ मा एक जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।












