
सल्यान । निजी विद्यालयका शिक्षकबाट बलात्कृत भएकी एक किशोरी वेपत्ता भएकी छन् । सल्यानको बागचौर निवासी अन्दाजी १५ वर्षकी ती किशोरी भदौ १२ गतेदेखि वेपत्ता भएकी हुन् ।
ती किशोरीले साउन ८ गते बागचौरस्थित ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुलका फाउन्डर र शिक्षक ३१ वर्षीय रामचन्द्र केसीले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिइकी थिइन् ।
किशोरीले उजुरी दिएदेखि शिक्षक पनि वेपत्ता भएका छन् । भने भदौ १२ गतेदेखि बालिका पनि परिवारको सम्पर्कमा नभएको परिवारले जनाएको छ ।
प्रहरीले किशोरी र शिक्षक दुबैको खोजि गरिरहेको छ ।










