मेलम्ची खानेपानी आयोजनाको समयावधि लम्बिन दिन हुदैन– नेता खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मेलम्ची खानेपानी आयोजनाको समयावधि लम्बिन नदिन सबैपक्षको ध्यान आर्कषण गरेका छन ।

बिहीबार बसेको प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकमा उनले मेलम्ची आयोजना देशको प्रतिष्ठासँग गाँसिएको र यो राष्ट्रिय गौरवको आयोजना भएकाले यसका बारेमा सबै चिन्तित हुनुपर्ने बताएका हुन ।

काम अन्तिम चरणमा पुग्नै लाग्दा निर्माणको जिम्मा पाएको अन्तर्राष्ट्रिय ठेकेदार इटलीयन कम्पनी सिएमसीले किन काम रोके यस बिषयमा सरकार गम्भिर हुनुपर्नेमा नेता खनालले जोड दिए ।

“लामो प्रयासपछि मेलम्ची पानी आउने आसमा रहेका जनतालाई फेरि निरासा बनाउने काम हुदैछ, ठेकेदार कम्पनीले किन काम छोड्यो, यसको गम्भिर छलफल हुनुपर्छ नेता खनालले भने, यो दुखत कुरा हो ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार