धनगढीमा स्वइच्छाले परीक्षण गराउनेको शुल्क २५ सय मात्रै


कैलाली । सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले शुल्क सहित स्वइच्छाकाे  कोरोना परीक्षण सुरु गरेको छ । अस्पतालले आफ्नो इच्छाले कोरोना परीक्षण गराउनेको शुल्क २ हजार ५ सय निर्धारण गरेको छ ।

यसअघि संघ र प्रदेश सरकारबाट आएको निर्देशन र अस्पताल व्यवस्थापन कार्यसम्पादन समितिको निर्णय अनुसार इच्छाले कोरोना परीक्षण गराउनेको शुल्क लिएको बताइएको छ । तर निर्देशिकाले तोकेका व्यक्तिको भने निशुल्क परीक्षण भइरहेको छ ।

कोभिड–१९ का लक्षण भएका व्यक्ति, संक्रमितको सम्पर्कमा आएका व्यक्ति र तिनका परिवारका सदस्यसँगै सरकारले निर्देशिकामा तोकेका व्यक्तिको भने निशुल्क कोरोना परीक्षण भइरहेको छ ।

केन्द्र सरकारले कोरोना परीक्षणको शुल्क ४ हजार तोकेको भएपनि प्रदेश सरकारले भने २५ सयमा परीक्षण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार