
जनकपुर । चारवटा बच्चाको एकैपटक जन्म दिने आमाको मृत्यु भएको छ । धनुषाको विदेह नगरपालिका ७ जोगियारा टोलकी अमिरुल खातुनको उपचारका क्रममा मृत्यु भएको हो ।
उनले जनकपुरधामस्थित काब्या अस्पतालमा मंगलबार राति १० बजेतिर शल्यक्रियामार्फत चार बच्चालाई जन्म दिएकी थिइन । बच्चाको जन्मपछि उनको स्वास्थ्यमा समस्या देखिएपछि आईसीयूमा राखेर उपचार भइरहेको थियो ।
तर बुधबार दिउँसो उनको मृत्यु भएको बताइएको छ । बच्चाहरुको स्वास्थ्य भने स्थीर रहेको अस्पतालले जनाएको छ ।














