काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएरातीको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ । सम्पन्न खेलमा बैंग्लोरले सनराइजर्स हैदरावादलाई चार विकेटले पराजित गरेको हो ।
१७६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बैंग्लोरले १९.२ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । बेंग्लोरको जितमा सिमरोन हेटिमरले र गुरकित सिंहले उत्कृष्ट प्रदर्शन गरे । हेटिमरले ७५ र सिंहले ६५ रनको योगदानमा बैंग्लोरले जित निकालेको हो ।
खेलमा बलिङतर्फ हैदरावादका खलिल अहमदले राम्रो पर्दशन गरे । उनले तीन विकेट लिएका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा सात विकेटमा को क्षतिमा १७५ रन बनाएको थियो । कप्तान केन विलियम्सनले उत्कृष्ट प्रदर्शन गर्दै ७० रन बनाए । कप्तान केनले ४३ बलमा पाँच चौथा र चार छक्का प्रहार गरेका थिए ।
हारपछि हैदरावादको १४ खेलबाट १२ अंक भएको छ । यता, यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको बेंग्लोरको १४ खेलबाट ११ अंक भएको छ । लिग चरणको अन्तिम खेलमा पराजित भएसँगै हैदरावादको प्लेअफमा पुग्ने अवस्था कठिन बनेको छ ।