भारतमा कोरोना संक्रमितले रेकर्ड राख्दै, बुधबार भेटिए अहिलेसम्मकै धेरै


भारत । भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । बुधबार मात्रै अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् ।
बुधबार भारतमा ८३ हजार २९ जना नयाँ संक्रमित भेटिएका छन् । योसंख्या अहिलेसम्मकै धेरै हो ।

यो संख्याले भारतमा कोरोनाको संक्रमण अझै तीब्र गतिमा फैलिरहेको छ भन्ने तर्फ ईंगित गरेको छ। भारतमा भेटिएको यो संख्या महामारी सुरू भएयता विश्वका कुनै पनि मुलुकमा भेटिएको उच्च संख्या हो। भारत अघि अमेरिकामा पहिलोपटक विश्वमा नै धेरै संक्रमित फेला परेका थिए।

भारतमा बुधबार १ हजार २३ जनाको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाका कारण हुने मृत्यु ६७ हजार ४ सय १५ पुगेको छ। भारतको केन्द्रीय सरकारको तथ्यांक अनुसार भारतको कुल संक्रमित संख्या ३८ लाख ४५ हजार ५९ रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार