चितवन । अन्तराष्ट्रिय क्रिकेट रंगशाला कहाँ बनाउने भन्ने अन्यौलका बीच अन्ततः चितवनमा बन्ने भएको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले निमार्ण गर्ने रंगशाला लागि आवश्यक जमिन भरपुर महानगरपालिकाले उपलब्ध गराउने भएपछि रंगशाला चितवनमा निमार्ण हुने भएको हो ।
शुक्रबार चितवनमा एक कार्यक्रमको आयोजना गरी भरपुर महानगरपालिकाकी मेयर रेणु दाहालले रंगशाला निमार्णका आवश्यक सम्पुर्ण कुराहरुको लागि पहल भइरहेको जानकारी दिइन । उनले अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको माघमा शिलान्यास हुने समेत जानकारी दिइन ।
चितवनमा त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको र हाल कृषि तथा वनविज्ञान विश्वविद्यालयले उपयोग गर्दै आएको २० विघा जग्गामा रंगशाला निर्माणका लागि छुट्याइएको मेयर दहालले बताइन ।
जमिनका लागि ‘स्थानीय विकास मन्त्रालयबाट स्वीकृती आइसकेको भए पनि शिक्षा मन्त्रालयको स्वीकृती भने आउन बाँकी रहेको महानगरपालिकाको भनाई छ । रंगशाला निमार्णका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले उपयुक्त ठाँउ र जमिनको खोजी यसअघि गर्दै आएको थियो ।