
काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठक सकिएको छ । बैठकमा अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् ।
उनले आजै साँझसम्म राजीनामा दिने घोषणा गरेका छन् । नेकपाको सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि खतिवडाले राजीनमा दिन लागेका हुन् ।









