कञ्चनपुरमा बेहोस भएका प्रहरीको उपचारका क्रममा मृत्यु


कञ्चनपुर । ड्युटीमा भएका बेला बेहोस भइ लडेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ । कञ्चनपुरको दंगा नियन्त्रण गणमा कार्यरत उनी काममा खटिएका बेला ढलेर बेहोस भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा डडेल्धुरा अजयमेरु गाउँपालिका २ का प्रहरी जवान सुरेन्द्र कुमार ऐर रहेका छन् । ५ नम्बर पोस्टमा ड्युटीमा खटिएका ऐर एक्कासी ढलेर बेहोस भएका उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा आज बिहान मृत्यु भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार