काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४७ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार कैलालीमा २१, अछाममा ११, कञ्चनपुरमा ३, डडेल्धुरामा २ र बझाङमा १० गरी ४७ जना रहेका छन् ।