
ललितपुर । बिहीबार पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका १७ जनामध्ये ६ जनामा कोरोना पुष्टि भएको छ । सोमबार बिहान एकजना र दिउँसो ५ जना गरी ६ जना थुनुवामा कोरोना पुष्टि भएको हो ।
गत बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा डिउटीमा खटेका ट्राफिक प्रहरी जवान कमल घिमिरेलाई रथ तान्ने युवाहरुले निर्घात कुतपिट गरेका थिए ।
त्यसपछि प्रहरीले कुटपीटको आरोपमा १७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका अझै ५ जनाको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी छ । झडप नियन्त्रणमा खटिएका प्रहरीसहित १८ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
कुटपिटमा संलग्न व्यक्तिमाथि अनुसन्धानका लागि प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि अदालतबाट ७ दिन म्याद लिएको छ ।











