कञ्चनपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ


कञ्चनपुर । कञ्चनपुरमा लागु पदार्थ ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका १० नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा वेदकोट नगरपालिका ९ सुन्दरपुरका २९ वर्षीय पृथ्वी डगौरा र सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश राना रहेको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरुलाई सोमबार साँझ सशस्त्र प्रहरीले नाकाबाटै पक्राउ गरेको हो ।

दशगजा क्षेत्रमा भारतीयहरूले कालो प्लाष्टिकमा माटो बाँधेर ब्राउन सुगर नेपाली सीमातर्फ फालेर भागेका थिए । उक्त झोला डगौरा र चौधरीले समातेको प्रहरीले खानतलासी लिँदा बरामत गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार