स्वाब संकलन गर्न गएका स्वास्थ्यकर्मीमाथि बैतडीमा कुटपिट


बैतडी । बैतडीमा स्वाब संकलन गर्न गएका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । कुटपिट हुनेमा जिल्लाको सिगास गाउँपालिका बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्र बोहरा रहेका छन् ।

बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट ढुङ्गाडमा स्वाब सङ्कलनका लागि गएका उनीमाथि सिगास ३, डुणैमा स्थानीय भानसिंह बोहराले सोमबार बुलेका कुटपिट गरेको प्रहरीले जनाएको छ ।

उनको घाँटी, खुट्टा र पाखुरामा चोट लागेको छ । उनले स्थानीयलाई कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेका मापदण्ड अपनाउन अनुरोध गर्दा मदिरा सेवन गरेका भानसिंहले कुटपिट गरेको बताएका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार