कञ्चनपुर बलात्कार घटनामा लापरवाही गरेको भन्दै प्रहरी जवान रोहित रोकाया नियन्त्रणमा, आरोपित एक पक्राउ


कञ्चनपुर । कञ्चनपुरमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको घटनामा इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायाले लापरवाही गरेको भन्दै नियन्त्रणमा लिइएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो ।

घटनाका अपराधिलाई पक्राउ गर्नु पर्नेमा उल्टै अपराधिलाई उन्मुक्ति दिने काममा सहयोग गरेको स्थानीयले आरोप लगाएका छन । यसै विषयमा छानविनका लागि उनलाई इलाकाबाट जिल्ला तानिएको बताइएको छ ।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा भदौ १४ गतेदेखि बेपत्ता १६ वर्षीया किशोरीलाई पाँच दिनपछि बन्धक बनाई सामूहिक बलात्कार गरेको घटना बाहिर आएको छ । किशोरीले आफुलाई बन्धक बनाएर ५, ६ जना केटाहरुकाे समूहले जबर्जस्ती गरेको भनि प्रहरीमा मुद्दा दायर गरेपछि घटना सार्वजनिक भएको हो ।

किशोरीले बुद्दा दिएपछि मात्रै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म प्रहरीले घटनामा संलग्न भएको भन्दै उजुरीका आधारमा बेल्डाँडीका २८ वर्षीय मनमोहनसिंह साउदलाई पक्राउ गरेको छ । अन्यको भने खोजी भइरहेको बताइएको छ ।

यो घटनामा प्रहरीकै  मिलोमतोमा अपराधिलाई उम्काउन खोजेको पीडित परिवारले आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार