भारतमा एकैदिन कोरोनाबाट संक्रमित हुनेको संख्या लाख नजिक


भारत । पछिल्लो समय भारत कोरोना संक्रमितको केन्द्र बनेको छ । संक्रमितको संख्या दिन प्रतिदिन बढ्न थालेपछि भारत कोरोना संक्रमितको केन्द्र बिन्दु बनेको हो ।

बुधबार मात्रै भारतमा ९७ हजार बढी कोरोना संक्रमित भेटिएका छन् । यो अहिलेसम्मकै धेरै हो । बुधबार भारतमा ९७ हजार ३ सय ९९ जना नयाँ संक्रमित भेटिएका छन् ।

भारतमा कुल संक्रमित संख्या ४४ लाख नाघेको छ भने पछिल्लो २४ घण्टामा ११ सय ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाका कारण हुने मृत्यु ७५ हजार ६२ पुगेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार