
डोटी । झारफुक गर्ने भन्दै महिलालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका ३ का ३१ वर्षीय टेकबहादुर ओली रहेका छन् ।
सोही गाउँकी २० वर्षीया महिलाले ओलीले आफूलाई झारफुक गर्ने भन्दै बलात्कार गरेको प्रहरीमा उजुरी दिएकि थिइन् । ती महिलाको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय जोरायलले उनलाई बुधबार पक्राउ गरेको हो ।
उजुरीमा ति महिलाले आफुलाई भदौ २ गते बलात्कार गरेको आरोप लगाएकी छन् । आफु सन्तानको आसमा ओलीकहाँ झारफुक गर्न गएको र सोही बेला बलात्कार गरेको प्रहरीको वयानमा ति महिलाले बताएकी छन् ।
तर ओलीले भने आफुले झारफुक गरेको तर बलात्कार नगरेको बताएका छन् । प्रहरीले अनुसन्धान भइरहेको बताएको छ ।











