
कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशलामा गरिएको परीक्षणमा थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये कैलालीका २१ जना, बाजुरा, डोटी र बैतडीका १, १ जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।











