
भारत । चीन र भारतको सीमा क्षेत्रमा उत्पन्न विवाद समाधानका लागि पाँच बुँदे सहमति भएको छ । बिहीबार चिनियाँ विदेशमन्त्री वाङ्ग यी र उनका भारतीय समकक्षी एस जयशंकरबीच विवाद समाधानका लागि पाँच बुँदे सहमति भएको हो ।
दुवै देशले सीमाबारे गरिएका सहमति र नियमलाई पालना गर्दै सीमामा शान्ति कायम गर्ने र स्थितिलाई तनावपूर्ण बनाउने कुनै पनि काम नगर्ने सहमति भएको छ ।
विवादलाई कम गर्न सैन्य कमान्डर र कुटनीतिज्ञहरुबीच विभिन्न चरणको वार्ता तथा वाङ र जयशंकरबीच दुईपटक फोनवार्ता भए पनि तनाव कम हुन सकेको थिएन ।
भारतीय सञ्चार माध्यमका अनुसार विवादले दुबै देशलाई असर पार्ने भन्दै सहमित भएको बताइएको छ ।












