सुदूरपश्चिम प्रदेशमा थप ७५ जनामा कोरोना पुष्टि


कैलाली । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७५ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित मध्ये सबै भन्दा धेरै कैलालीका रहेका छन् । कैलालीका ६७, डोटीका ६ र कञ्चनपुरका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार