काठमाडौं । नेपाल आइडल रवि ओड आज जापान जादैछन । सोमबार साँझ ८ बजे त्रिभुवन अन्र्ताष्ट्रिय विमानस्थल काठमाडौंबाट जापान प्रस्थान गर्नेछन ।
“सिङगिङ् रियालिटी सो, नेपाल आइडल” को विदेश भ्रमणको पुर्बयोजना अनुसार दश दिने जापान टुरका लागि रविसंगै, फष्र्ट रनर अप बिक्रम बराल र सेकेण्ड रनर अप सुमित पाठक जान लागेको नेपाल आइडल आयोजक एपिवान टिभीले जनाएको छ ।
जापान टुरका लागि रवि हिजो (आइतबार) साँझ घरबाट काठमाडौं आएक थिए । नेपाल आइडल जितेपछि रविलाई सुदूरपश्चिम प्रदेश सरकारको सम्मान तथा बधाई दिन धनगढी बोलाएपछि रवि पुस ९ गते धनगढी गएका थिए ।
सुदूरपश्चिमको कैलाली र कंचनपुरका विभिन्न स्थानमा रविका लागि गरिएको स्वागत तथा बधाई कार्यक्रममा उनि सहभागी हुंदै खुशी साटीरहेका बेला पुस ११ गते बिहान अकस्मात रविकी आमाको करेन्ट लागेर निधन भएको थियो । जसले सबैलाई स्तब्ध बनाएको छ ।