स्यानिटाइजरमा विषाक्त रसायन मिसाएको भेटिएपछि पाँच कम्पनी कारवाहीमा


काठमाडौं । स्यानिटाइजरमा विषाक्त रसायन मिसाएको भेटिएपछि उपत्यकाका पाँच वटा उत्पादक कम्पनी कारवाहीमा परेका छन् । काठमाडौका ४ र भक्तपुरका एक गरी पाँच वटा कम्पनी कारवाहीमा परेका हुन् ।

औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा उनीहरुले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइएको हो ।

कारवाहीमा पर्नेमा काठमाडौंका हाइजिन सोप एण्ड केमिकल प्रालि, आधार केमिकल एण्ड फुड इन्डष्ट्री, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्स रहेका छन् । त्यस्तै भक्तपुरको नेपाल कायाकल्प उद्योग पनि रहेको छ ।

औषधि व्यवस्था विभागले यी उद्योगहरुबाट उत्पादित ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल’, ‘एडभान्स््ड ह्यान्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल’ र ‘सूर्यमुखी ह्याण्ड स्यानिटाइजर’ प्रयोग नगर्न भनेको छ ।

विभागका अनुसार यी स्यानिटाइजरहरुमा विषाक्त रसायन मेथानोल समावेश भएको पाइएको छ । विषाक्त रसायन मेथानोलले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ । विभागले ती कम्पनीलाई कारवाहीका लागि प्रक्रिया सुरु भइरहेको बताएको छ ।

कारवाहीमा परेका कम्पनीहरु निम्न रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार