सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे–७ घुम्थाङमा पहिरोमा परी ज्यान गुमाएका ९ जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा स्थानिय भिरखर्क बिक टोलका २३ वर्षीय जुनु बिक, २४ वर्षीय सुकुलाल बिक, ८ वर्षीय सन्देश बिक, नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार , ४२ वर्षीया हीरामाया श्रेष्ठ, ६३ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्से शेर्पा र ४२ वर्षीया ज्ञानीमाया प्रधान रहेका इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानले बताए ।
गएराती गएको पहिरोमा परी उनीहरुको ज्यान गएको हो । जिल्लाबाट गएको सुरक्षाकर्मीको उद्धार टोलीले मृतकहरुको शवहरु निकालेको हो ।
पहिरोमा परी अझै २२ जना बेपत्ता रहेकोकालेउनीहरुको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए ।
उनकाअनुसार ५ जनाको पहिराबाट जीवित नै उद्धार गरिएको छ । अन्य क्षतिको विवरण सङ्कलन भइरहेको उनले बताए । पहिरो प्रभावित क्षेत्रमा सभामुख अग्नीप्रसाद सापकोटा पनि पुगेका छन् । उनले प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै राहत र उद्धारमा तिर्वता आग्रह समेत गरेका छन् ।