बन्चरो प्रहार गरी आमाको हत्या


झापा । आफ्रनै आमालाई बन्चरो प्रहार गरी झापामा एक जनाले हत्या गरेका छन्। जिल्लाको कमल गाउँपालिका ७ ठुलो बाह्रघरे बस्ने २४ वर्षीय दिनेश ऋषिदेवले आफ्नै ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेका हुन् ।

मादक पदार्थ सेवन गरी उनले आइबार राति आमालाई बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । दिनेशलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार