काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दै छ । बैठक बेलुका ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । बालुवाटार स्रोतका अनुसार आज बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गर्दैछ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख र सरकारको प्रवक्ता समेत तोक्ने तयारी भएको बुझिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिएको छ । त्यस्तै सरकारको प्रवक्ताको जिम्मेवारी समेत पाएका अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले भदौ २० गते राजीनामा दिएसँगै सो पद पनि खाली छ ।
यी दुई विषयमा आजको मन्त्रिपरिषद बैठकले निर्णय गर्ने बुझिएको छ ।