
काठमाडौं । सुदुरपश्चिम प्रदेशमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार कैलालीमा ७०, कञ्चनपुरमा ३, अछाममा ५, डोलीमा ८, डडेल्धुरा १ र बझाङमा ३ गरी ९० जना थपिएका छन् ।











