
काठमाडौं । कोरोना संक्रमित नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई अस्पतालमा भर्ना गरिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका कोइरालालाई अस्पताल भर्ना गरिएको हो ।
उनलाई ज्वरो देखिएपछि गएको सोमबार राति नै चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको भएपनि निमोनिया देखिएकाले अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
कोइरालाको उपचारमा ओमका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सक टोली संलग्न छ। उनको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।










