डोटीको दिपायलमा कार्यरत थप ४० जना सैनिकमा कोरोना पुष्टि


डोटी । डोटीमा थप ४० जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ । दिपायल सिलगढी नगरपालिका सुल्लेकमा नेपाली सेनाका थप ४० जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि संक्रमण देखिएका सैनिकको कन्ट्याक्ट ट्रेसिङका आधारमा पिसिआर जाँच गर्दा थप ४० जनालाई कोरोना देखिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

यसअघि सोही ठाउँमा कार्यरत १८ जना सैनिकलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार