आज मन्त्रिपरिषद् बैठक बस्दै, केही व्यक्तिहरुको नाम सिफारिस गर्ने तयारी


काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने छ ।

बैठकले विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने तयारी भइरहेको बताइएको छ । सरकारले संविधान दिवसका दिन विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभिन्न खाले सम्मान दिने घोषणा गर्ने भएकाले त्यसको सिफारिसका लागि बैठक बस्न लागेको बताइएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले पदक घोषणा गर्ने प्रावधान छ।

त्यस्तै आजको बैठकले बिहीबार निर्णय गर्न बाकी रहेका विषयमा पनि छलफल गर्ने बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार