
काठमाडौं । सुदूपश्चिम प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७१ जनामा कोरोना पुष्टि भएको हो ।
जिल्लागत रुपमा अछाममा ३, कञ्चनपुरमा ७, कैलालीमा ३७, डडेल्धुरामा ४, बझाङमा १६, बैतडीमा २, बाजुरा र डोटीमा १,१ गरी ७१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।










