बाघको आक्रमणबाट एक जनाको मृत्यु


चितवन । बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका १३ का ६३ वर्षीय जन्हु महतो रहेका छन् ।

शनिबार बिहान वनमा घाँस काट्न गएका उनको बाघले आक्रमण गरेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले मृतकको शव र बाघ एकै ठाउँमा रहेकाले बाघलाई डार्ट गरेर शव नियन्त्रणमा लिने प्रयास भइरहेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार