डा. केसीका सर्मथकहरु आज पनि पक्राउ


काठमाडौं । अनसनरत डा. गोविन्द केसीका माग पुरा गर भन्दै काठमाडौंमा प्रर्दशन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार माइतीघरमा प्रदर्शनका लागि पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

डा. केसीका मागहरु पुरा गर भन्दै विभिन्न नारा लेखिएका पम्पलेटसहित भेला भइरहेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा दिएको छ ।
प्रर्दशनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नारावाजी गर्दैगर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

सच्चा ओली सडकमा नक्कली ओली बालुवाटारमा, डा. केसीका माग पुरा गर लगायतका नारा लेखिएका पम्पलेट बोकेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चिकित्सा क्षेत्र सुधारका लागि १९औं पटक जुम्लाबाट अनसन सुरु गरेका केसीलाई केही दिनअघि काठमाडौं ल्याइएको छ । उनी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगंजमा अनसन बसेका छन् । उनको स्वस्थ अवस्था बिग्रिँदै गएको उनका सर्मथक सहयोगीहरुले बताइएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार