डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा फेरि भीषण आगलागी भएको छ । आइतबार राति अमरगढी नगरपालिका–५ बागबजारको बगरकोट रोडमा आगलागी हुँदा नौ वटा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दुई हप्ताको अन्तरालमा डडेल्धुरा सदरमुकाममा योसहित चार पटक आगआगी भएको हो ।
राति करिब साढे १२ बजे भएको आगलागीबाट तरकारी पसल, नास्ता पसल र माछा पसलहरु जलेर नष्ट हुँदा लाखौंको क्षती भएको प्रहरीको भनाई छ । गत साता मात्र डडेल्धुरामा लगातार तीन पटक आगलागी हुँदा करिब ८७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
करिब दुई घण्टापछि अमरगढी नगरपालिकको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रमा लिइएको थियो ।
पसलमा आगो लगाएको हुनसक्ने भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए । प्रहरीका अनुसार प्रक्राउ परेका ब्यक्तीले आगो लगाएको स्वीकार गरेका छन ।
आगो लगाउने ब्यक्ती आगलागी पीडितकै नजिकको नातेदार रहेको बताइएको छ । पसलको भाडा लिने बिषयमा दुईभाईबीच बिवाद रहदै आएको र त्यही रिसमा आगो लगाएको पक्राउ परेका ब्यक्तीले बयानमा क्रममा बताएको नायब उपरीक्षक केसीले बताए ।
तर, पक्राउ परेका ब्यक्तीको गोपनियताका कारण नाम, ठेगाना खुलाउन नसकिने उनको भनाई छ । घटनाबारे थप अनुसंन्धानगरि प्रक्राउ परेका ब्यक्तीमाथी आजै मुद्दा दायर गरिने नायब उपरीक्षक केसीले जानकारी दिए ।