
काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा २७ सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न ठाउँमा १४ हजार ७ सय २२ जनाको नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा हालसम्मकै बढी २७ सय २२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसंगै नेपालमा सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय ५० पुगेको छ । त्यस्तै गएको २४ घण्टामा ३३ सय ७ जना अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ६० हजार ६ सय ९६ पुगेको छ ।











