महिला र दलितमाथि भइरहेका घटनाले चिन्तित बनाएको छ– प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले महामारीको बेलामा समाजमा महिला र दलितमाथि भएका विभिन्न हिंसा र विभेदका घट्नाहरुले आफुलाई चिन्तित बनाएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेकपा निकट मानव अधिकार तथा सामाजिक अभियान नेपालको घोषणा सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले महिला र दलितमाथि भइरहेका अपराधिक घटना न्युनिकरण र दोषीमाथि कडा सजायका लागि कठोर भएर लाग्न सरकार र सम्बन्धित निकायलाई सुझाव समेत दिए ।

दण्डहिनताको अन्त्य भएपछि मात्रै मानवअधिकारको प्रत्याभूती हुनसक्ने भन्दै उनले त्यसका लागि आफ्नो पार्टी र सरकार लागि परेको बताए ।

अध्यक्ष प्रचण्डले कोरोनाका कारण बेरोजगारी बढ्ने खतरा रहेकाले यसलाई सामुहिक रुपमा परास्त गर्नुपर्नेमा जोड समेत दिए ।
कोरोनाका कारण उत्पन्न असहज परिस्थितिबाट मुलुकलाई निकास दिन सामुहिक रुपमा अघि बढ्नुपर्ने उनको भनाई छ ।

महामारीले उत्पन्न असहज परिस्थितीसंग जुध्नका लागि सबैै राजनीतिक दल, संघ–संस्था, सरकार र नागरिहरुबीच राष्ट्रिय एकता हुन अति आवश्यक रहेको प्रचण्डले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार